थप जानकारी

बासुदेव लामीछाने

नाम: बासुदेव लामीछाने

पद: ब्यबस्थापक

फोन नम्बर: 9840645503

इमेल: bashusaccos2057@gmail.com

नेपाल सहकारी अभियानको सुरुदेखिनै बचत अभियान सवैभन्दा महत्वपूर्ण हिस्साको रुपमा स्थापित हुदैँ आएको छ । साँच्चै भन्ने हो भने बचत अभियान सहकारी अभियानको पर्याय बनेको छ , गोरखा जिल्ला उत्तरी क्षेत्रमा अवस्थित यस सप्तकोसी साकोसले यस क्षेत्रका मानिसहरुको आर्थिक , सामाजिक , साँस्कृतिक उन्नयनसगैं नेतृत्व निर्माण एंव विकासमा समेत स्थापना कालदेखि नै भुमिका निर्वाह गर्दै आएको छ । यो संस्था सहकारी ऐन २०४८ र सहकारी नियामावली २०४९ अनुसार २०५७ साल फाल्गुन १ गते विधिवत् स्थापना भै सञ्चालनमा आएको थियो ।

सुरुवाती चरणमा स्थानीय स्तरमा छरिएर रहेको मानिसहरु र रकमहरुलाई संगठित र सशक्तिकरण गरी बचत ऋण मार्फत पुँजि निर्माण र पुँजि परिचालन गर्दै जनताको जीवनस्तर उकास्ने यसको उद्देश्य रहेको थियो । यस संस्था स्थपना संगै , सञ्चालन हुँदै जाने क्रममा नेपाल बचत तथा ऋण केन्द«ीय सहकारी संघ लि. संग जोडिएर यस संस्थाले विश्व सहकारीका असल अभ्यासहरु सिक्ने र सदस्यको आर्थिक , समाजिक तथा साँस्कृतिक उन्नयनमा हस्तान्तरण गर्ने काम गर्दै आएको छ । सहकारीको पालिका , जिल्ला स्तरीय सञ्जाल तथा केन्द«ीय संघ समेतमा आवद्ध भएर केन्दि«य संघको स्तरीकरणको कार्यक्रम अन्र्तगत २०७१ साल देखि २०७८ सालसम्म प्रवेशन कार्यक्रममा आवद्ध भै २ पटक प्रवेशन बाण्ड २०७६ र २०७७ मा प्राप्त गर्न सफल भएको छ । २०७९ देखि स्तरीकरण कार्यक्रम अन्र्तगत एक्सेस कार्यक्रममा आवद्ध भै अगाडि बढिरहेको छ , जसले गर्दा नेपालको सहकारी अभियानमा भित्रिएका जुनसुकै नविन्तम ज्ञान , सीप र प्रविधि लागु गर्न सहयोग पुगेको छ ।

। सहकारी आवश्यकताका आधारमा स्थापित ब्यवसायिक ईकाइ हो भने छरिएर रहेको पूँजिलाई एकीकृत गरी लगानीको लागि योग्य बनाउने सामाजिक ब्यवसाय हो । सहकारी साधान हो साध्य होइन तर कसैले यसलाई साध्यको रुपमा वुझेको पाइन्छ । सहकारी गरिवी निवारणको निर्विकल्प माध्यम वा औजार भएकोले किसान , कालिगढ , मजदुर र श्रमजिवीहरुको साथी र सारथी अनी ब्यवसाय गर्न आँट र हुटहुटी प्रदान गर्ने जन अनुमोदित संरचना हो , सहकारी र सहकारीमा अझैपनि ब्यवसायिकता प्रर्वद्धन गर्ने प्राथामिकतामा कमि भएको देखिन्छ । यो निजी क्षेत्रभन्दा नितान्त भिन्न छ र सेवा सहितको नाफा दीर्घकालिन सोच विशिष्ट पद्धति , विधि र प्रणाली भएको संस्था हो । छुटै प्राज्ञिक विधाको रुपमा विकास भैरहेको क्षेत्र स्वायत , स्वतन्त्र निकाय , स्वानियमनकारी निकाय हो तर स्वनियमनका नाममा र सहकारीताको भावना र उद्देश्यमा विचलन ल्याउन हुदैन । सहकारीले उत्पादन उपभोक्ता र वितरक रुपमा काम गरी कुनैपनि विचौलियाको अन्त्य गर्नुपर्ने देखिन्छ र सदस्य केन्द्रित सेवामा समर्पित हुन सक्नु पर्दछ जुन विषयमा अभियानको साझापन हुनपर्दछ ।

सहकारीताको अभ्यास एउटा जीवन दर्शन हो , जहाँ विचार र वहसको साझा थलोको रुपमा विकास भईरहेको उदयमान् सवालहरुलाई सम्वोधन गर्न सक्ने एक अन्तर्राष्ट्रिय सिद्धान्त , मूल्य र पद्धति भएको संरचना हो । यसको दिगो विकास लक्ष्य पुरा गर्ने साधनको रुपमा पनि कार्य गरेको छ । यसलाई नेतृत्व विकास , आर्थिक , सामाजिक साँस्कृतिक रुपान्तररण र जीवन समृद्धिको पर्यावाची एंव जागरण र चेतना अभिवृद्धिको माध्यमको रुपमा लिनुपर्दछ । सहकारी क्षेत्रको उदयमान सवालहरुमा डिजिटाइज , डिजिटल ट्रान्सफरमेशन , साईवर सुरक्षा , तथ्यांक र सूचनाको गोपनीयता तथा सो को ब्यवस्थापन पनि रहेको छ । हाम्रो संस्थाले क्लाउट ब्याकअप सहित सफ्टवेयर , क्ष्एक् तथा मोवाइल वैकिङ्ग कार्य सुचारु गरेकोछ भने , ऋऋ त्ख् , ब्यट्टि ब्याकअप , फायर प्रुफ दराज जस्ता प्रविधिहरुको ब्यवस्थापन गरेको छ । जोखिम ब्यवस्थापन गर्न हरेक संघ सस्थाले सुरुदेखि सोच्न पर्ने हुन्छ , जसको लागि विभिन्न विपद तथा महामारीमा विपद तथा ब्यवसाय निरन्तरता योजना र कार्यान्वयन संकट ब्यवस्थापन , वित्तीय जोखिम विश्लेषण र कोषहरुको रणनैतिक प्रयोग जसले लागत सञ्चालन तथा वित्तीय जोखिम कम गर्न र स्रोतको उच्चतम् प्रयोग गर्न ध्यान केन्द्रित गर्नुपर्दछ ।

छरिएर रहेको स—सानो पूँजी संकलन गरी यस संस्थाले ५ वटा कार्यलय मार्फत ६५०० भन्दा वढी शेयर सदस्यबाट ७२ करोड भन्दा बढीको पूँजि परिचालन गरीरहेको छ । यस संस्थाले वित्तीय संस्था नपुगेको अन्धकार ठाउँमा सहकारी शिक्षा, विस्तारीत मञ्च सञ्चालन गरी त्यहाँको मानिसहरुमा वित्तीय कारोवारको थालनी गरेको छ । सदस्यहरुलाई सुत्केरी राहत, मृत्यू राहत तथा भेटघाट , प्रकृतिक प्रकोप राहत तथा भेटघाट गर्दै आएको छ । संस्थाले सहकारी डिभिजनको कार्यलय डमौलीबाट डिभिजन अन्तरगत जिल्ला उत्कृष्ट पूरस्कार , नेफ्स्कुनबाट २ पटक प्रोवेशन बाण्ड, गण्डकी प्रदेश उत्कृष्ट पूरस्कार , लघुवित्त उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल यस संस्थाले सदस्यहरुलाई विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ ।

सप्तकोसी साकोश मार्फत हाम्रो शेयर सदस्यको जिवनस्तर सुधार गर्ने परिकल्पना लिई अघि बढीरहेको छ । अवको दिनहरुमा नविनतम् प्रविधिको प्रयोग गरी नविनतम् वित्तीय सेवाहरु प्रदान गर्नुपर्ने अवस्था आइसकेको छ , संस्थागत सवलता भन्दा पनि सदस्यहरुको रुपान्तरण र समृद्धि सहकारीको मूल आदेश रहेकोले हरेक सहकारीले आफ्ना सदस्यहरुलाई के दियो भन्दा पनि कस्तो बनायो भन्ने कुराको मुल्याङ्कन गर्ने परिपाटी विकास भएमा संस्थाहरुका विचमा देखिने अस्वस्थ प्रतिस्पर्धामा कमि समेत आउनेछ सदस्यहरुले आफ्नो रुपान्तरण र समृद्धिका लागि कार्य गर्ने संस्थालाई आफ्नो जीवनको सम्बाहक संस्थाको रुपमा मान्नेछन् जसले गर्दा संस्थाको दिगो विकास तथा अविछिन्नता सदैव रहनेछ । तसर्थ सहकारी संस्था सञ्चालन विधि र प्रकृया बाहेक संस्था के चहान्छ त्यो प्रधान होइन , सदस्यले के चहान्छ त्यो प्रमुख हो आफ्ना सदस्यहरुले के चाहान्छन् त्यो संस्थाले गर्ने हो ।

सहकारीको माध्यमबाट सदस्यहरु आत्मनिर्भर बन्नुपर्दछ । सदस्यहरु आत्मनिर्भर बन्नका लागि सदस्यहरुले केहि न केहि आय आर्जन गर्ने परिपाटी विकास गर्नुपर्दछ , आय आर्जनको अवसरहरुमा समाहित हुनुपर्दछ । यहाँ चर्चा गर्न खोजीएको मूल विषय सहकारी ब्यवसायिकता तर्फ उन्मूख हुनु पर्दछ भन्ने हो । सदस्यको आम्दानीको नयाँ स्रोत सृजना गर्नुपर्दछ , सदस्यहरु आफै आत्मनिर्भर हुन सक्ने वातावरण सहकारीले निर्माण गर्नुपर्दछ , जसका लागि आवश्यक तालिम गोष्ठि जस्ता कुराहरुको ब्यवस्था गर्ने , उत्पादन गरिएका बस्तुहरु वजारीकरणमा सहयोग गर्ने तथा सामुहिक उधमशीलताका लागि समुहिक रुपमा लगानी तथा उत्पादन गर्ने नयाँ नयाँ बाटो पत्ता लगाई सदस्यहरुकोमा पुर्याउनको लागि संस्थाले सदैव अग्रणी भूमिका निर्वाह गर्नुपर्दछ । सहकारीले सदस्यहरुलाई ऋणको रुपमा पैसा मात्र दिने नभई प्रविधि र परामर्श समेत नियमित रुपमा दिने गर्नुपर्दछ । दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि संस्थाले सदस्यहरुको चहाना र भावना वुझेर प्रविधि मैत्री सेवा सुविधाहरुको तथा नयाँ नयाँ सुविधाहरुको नियमित विकास गर्न जरुरी रहन्छ जसले सदस्यहरुको समृद्धिको बाटो निर्माणमा सहयोग पुर्याउनेछ ।

सप्तकोशीका शेयर सदस्यले संस्थाबाट ऋण लिई ब्यवसाय सञ्चालन गर्दै आएका छन् , सदस्य धनी बनाउने कुरामा संस्थाले उल्लेख्य भूमिका खेलेको छ । हिजो बनिवुतो गरेर जीवनयापन गर्ने ब्यक्ति आज अरुलाई काम लगाउने अवस्थामा पुगेका छन् तर अझै पनि संस्था ब्यवसायिक बन्न सकेको पाइदैन । सहकारी मार्फत सदस्यलाई ब्यवसायिक बनाउन सहकारी क्षेत्रका जिम्मेवार निकाय ,सरकारी क्षेत्रबाट समेत सोच्ने वेला आएको छ , सदस्यलाई ब्यवसायिक बनाई , रोजगारका लागि विदेश गएका यूवाहरुलाई यस तर्फ आकर्षण गर्न सके उधमशीलताको विकासमा सहयोग पुग्छ र समृद्धि एंव सम्पन्न समाजको आधार सृजना हुन्छ । सुमुन्नत सदस्य र सुशासित संस्था मात्र यसको बलियो आधार हो ।

सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीले कहिल्यै पनि सानो ठुलोका रुपमा वर्गीकरण गर्दैन , सहकारीमा सवै वरावर हुन्छन् । त्यहाँ एउटा वलियो र कमजोर हुदैँन यो सहकारीको माधुर्यता हो । नेपालको सन्दर्भमा प्राय सवै प्रकृतिका सहकारी संस्थाहरुले आफ्नो मुख्य उद्देश्य अनुसारको कार्यका अतिरिक्त बचत तथा ऋणको कारोवार कुनै न कुनै रुपमा गर्दै आइरहेका छन् । त्यसमा पनि बचत तथा ऋण सहकारी संस्थाहरु र बहुउद्देश्य सहकारी संस्थाहरु मुल रुपमा बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित रहँदै आएको देखिन्छ । वित्तीय कारोबार गर्ने हरेक सहकारी संस्थाका लागि तुलनात्मक रुपमा बचत सङ्कलनमा भन्दा ऋण लगानीमा बढि जोखिमको मात्रा अन्तरनिहित हुने गर्दछ । यस अर्थ पनि कर्जा लगानी प्रक्रिया वित्तीय कारोवार गर्ने सहकारी संस्थाका लागि अत्यन्तै महत्व राख्ने विषय हो । सहकारीको एक अभिन्न अंग ऋण सुन्दा डर लाग्दो , तर जीवनको अपरिहार्य बस्तु कतिलाई ऋणले संसारकै धनाद्य ब्यक्ति बनायो त कसैलाई भएको धन सम्पत्ति समेत रित्यायो त्यसैले भनिन्छ नि “प्रयोग गर्न जाने ओखती नजाने विष ”वित्तिय कारोवार गर्ने सहकारी संस्थाका लागि विश्वास सवैभन्दा ठुलो कुरा हो । कुनै एक जना सदस्यलाई लगानी गरेको कर्जा लगानी समयमा नै उठ्न सकेन भने यसले अर्को सदस्यको निक्षेप भुक्तानीमा प्रतिकुल असर पार्दछ । यस्तो अवस्थामा सहकारी प्रति जनाताको विश्वास कायम राखी राख्नका लागि कर्जा लगानी प्रक्रियामा विशेष सतर्कता अपनाउन जरुरी छ । हरेक सहकारी संस्थाले सहकारी मूल्य , मान्यताको परिधि भित्र रही कर्जा लगानी प्रक्रियालाई अवलम्बन गर्नु पर्दछ । सहकारी संस्थाको उद्देश्य आफ्ना सदस्यलाई छिटो छरितो र गुणस्तरीय सेवा, सुविधा उपलब्ध गराउने भएको हुदाँ कर्जा को माग गर्ने सदस्यले पेश गरेको कागजात सत्यता परिक्षण गर्दै यथाशीघ्र कर्जा सुविधा उपलब्ध गराउनु पर्दछ । कर्जा लगानी गरिसके पछि पनि सदस्यले उद्देश्य अनुरुप कार्य गरेको छ ÷छैन अनुगमन गर्ने र नगरेको पाइएमा उद्देश्य अनुरुप कार्य गर्न उत्प्रेरित गर्नु पर्दछ । यसबाट ऋणी सदस्यले समयमा नै साँवा ब्याज भुक्तानी गर्न सक्दछ भने अर्कोतर्फ उसको आर्थिक स्तर अभिवृद्धिमा समेत सहयोग पुग्दछ र सहकारी संस्थाको जोखिम न्यूनीकरणमा सहयोग पुग्दछ । विना अध्ययन र जुनसुकै क्षेत्रमा लगानी गर्नाले संस्थालाई पनि हित हुदैन र ऋणलिने सदस्यको पनि आफ्नो धन सम्पत्ति गुम्ने डर रहन्छ । त्यसैले सप्तकोशी साकोसले पनि शुष्म अध्ययन गरेर ऋण लगानीको परिपाटी सुरुवाट गरेको छ ।

सहकारी केवल आर्थिक विषयमात्रै होइन । आर्थिक सामाजिक , साँस्कृतिक र वातावरणीय विकासको महन्वपूर्ण पक्ष भएको हुनाले यसलाई त्यही स्तरबाट ग्रहण गर्नु जरुरी छ । सहकारीको सिद्धान्तले जात , भाषा , धर्म , संस्कृति रितिरिवाज , रुपरङ्ग ,पोशाक र कुनै पनि आस्थाको आधारमा विभेद गर्दैन । हाम्रो देश अनेक जात , भाषा , धर्म , संस्कृतिका हिसावले अत्यन्त विविधतायुक्त भएकाले अनेकता बीचको एकताका लागि सहकारी क्षेत्रले ठुलो काम गरेको छ र गर्दै जानेछ । अहिले पनि नेपालका सहकारीमा सबै जात , भाषा , धर्म , संस्कृति र क्षेत्रका नागरिकहरु आवद्ध छन् । नेपालको सहकारीका ७५ लाख शेयर सदस्यहरुमा ५६ प्रतिशत महिला सहभागि हुनुहुन्छ । त्यसमा सवै समुदायका सामेल हुनुहुन्छ । यसले समाजवाद उन्मूख नेपाल निर्माण गर्न ठुलो योगदान गर्नेछ र गर्दै पनि आएको छ । देशभरिका ३० हजार सहकारीमध्ये बढिमा २÷३ सय सहकारी संस्थाले सिद्धान्त विपरित काम गरेको भए पनि बाँकीले अत्यन्त महत्वपूर्ण योगदान गरेका छन् । हाल सहकारी क्षेत्रको विकास र विस्तारका लागि राज्यको नगण्य योगदान हुँदा पनि कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रले ५ प्रतिशत भन्दा बढि योगदान गरेको छ । वित्तीय क्षेत्रमा २० प्रतिशत भन्दा बढि योगदान गरेको छ । सामाजिक सद्भाव निर्माणमा अतुलनीय योगदान गरेको छ । महिला जागरणमा दक्षिण एशियामा अब्बल स्थान पुर्याउन सफल भएको छ । देशको सवै जिल्ला पालिकामा सहकारी सञ्जालको विस्तार भैसकेको छ । यस क्षेत्रमा हाम्रोभन्दा ८८ वर्ष पहिलेबाट सहकारी अभियान सुरु भएको भारतको भन्दा उन्नति स्तरमा पुग्न सफल भएको छ । विश्व सहकारी सञ्जालको यथार्थ ब्यवस्था हाम्रो देशको सहकारी सञ्जालको अवस्थालाई तुलना गर्दा मुलत नेपालको सहकारी विकास आशाजनक छ । उक्त अवस्थाहुदाँ हुदैँ पनि सदस्य,संस्था र सञ्जालको साझा दृष्टिकोण आवश्यकता छ

सहकारी केवल आर्थिक विषयमात्रै होइन । आर्थिक सामाजिक , साँस्कृतिक र वातावरणीय विकासको महन्वपूर्ण पक्ष भएको हुनाले यसलाई त्यही स्तरबाट ग्रहण गर्नु जरुरी छ । सहकारीको सिद्धान्तले जात , भाषा , धर्म , संस्कृति रितिरिवाज , रुपरङ्ग ,पोशाक र कुनै पनि आस्थाको आधारमा विभेद गर्दैन । हाम्रो देश अनेक जात , भाषा , धर्म , संस्कृतिका हिसावले अत्यन्त विविधतायुक्त भएकाले अनेकता बीचको एकताका लागि सहकारी क्षेत्रले ठुलो काम गरेको छ र गर्दै जानेछ । अहिले पनि नेपालका सहकारीमा सबै जात , भाषा , धर्म , संस्कृति र क्षेत्रका नागरिकहरु आवद्ध छन् । नेपालको सहकारीका ७५ लाख शेयर सदस्यहरुमा ५६ प्रतिशत महिला सहभागि हुनुहुन्छ । त्यसमा सवै समुदायका सामेल हुनुहुन्छ । यसले समाजवाद उन्मूख नेपाल निर्माण गर्न ठुलो योगदान गर्नेछ र गर्दै पनि आएको छ । देशभरिका ३० हजार सहकारीमध्ये बढिमा २÷३ सय सहकारी संस्थाले सिद्धान्त विपरित काम गरेको भए पनि बाँकीले अत्यन्त महत्वपूर्ण योगदान गरेका छन् । हाल सहकारी क्षेत्रको विकास र विस्तारका लागि राज्यको नगण्य योगदान हुँदा पनि कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रले ५ प्रतिशत भन्दा बढि योगदान गरेको छ । वित्तीय क्षेत्रमा २० प्रतिशत भन्दा बढि योगदान गरेको छ । सामाजिक सद्भाव निर्माणमा अतुलनीय योगदान गरेको छ । महिला जागरणमा दक्षिण एशियामा अब्बल स्थान पुर्याउन सफल भएको छ । देशको सवै जिल्ला पालिकामा सहकारी सञ्जालको विस्तार भैसकेको छ । यस क्षेत्रमा हाम्रोभन्दा ८८ वर्ष पहिलेबाट सहकारी अभियान सुरु भएको भारतको भन्दा उन्नति स्तरमा पुग्न सफल भएको छ । विश्व सहकारी सञ्जालको यथार्थ ब्यवस्था हाम्रो देशको सहकारी सञ्जालको अवस्थालाई तुलना गर्दा मुलत नेपालको सहकारी विकास आशाजनक छ । उक्त अवस्थाहुदाँ हुदैँ पनि सदस्य,संस्था र सञ्जालको साझा दृष्टिकोण आवश्यकता छ

अन्त्यमा , साकोस अभियान नेपालको लागि गरिबी न्यूनीकरण , अर्थिक समृद्धि , दिगो विकास लक्ष्य प्राप्ति , बेरोजगारी न्यूनीकरण ,उत्पादनमा वृद्धि आदि कुराहरु प्राप्तिको मुख्य आधार हो । त्यस्तै प्रविधिको आधुनिक समयको आधारभुत आवश्यकता हो , त्यसैले हालको समयमा सहकारी आफूलाई अब्बल सावित गर्नको लागि महत्वपूर्ण समय भएको हुदाँ सदस्य , सहकारी सहकारी सञ्जाल एकतावद्ध भई सेवा प्रदान गर्नको लागि कटिवद्ध हुनु पर्दछ । त्यसैले सहकारी अभियानमा केही चुनौति , केही अप्ठ्यारो केही असहजता र केही दुख भएता पनि स्वर्णिम इतिहास कायम गर्ने सुनौलो अवसर साथसाथै रहेको छ ।