नाम: मेन बहादुर अधिकारी
पद: अध्यक्ष
फोन नम्बर: ९८४९५६७३३५
ग्रामिण क्षेत्रमा आर्थिक गतिबिधि गर्ने एक मात्र बैधानिक संस्था सहकारी रहेको छ । बैंक तथा अन्य बित्तिय संस्थाहरु भएता पनि आफ्नै लगानीबाट आफैले नै सञ्चालन गरेको र सर्वसाधारणको पहुच पुग्ने संस्था केवल सहकारी संस्था मात्र हो । ग्रामिण क्षेत्रमा छरिएर रहेका पुँजीलाई सकंलन गरी आफ्ना सदस्यहरुको बचत गर्ने बानीको बिकास गर्दै गाह्रो अफ्ठयारोमा सर्बसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउँदै आफ्ना सदस्यहरुलाई ब्याबसायिक बनाउन प्रेरित गर्दै आएको यस सप्तकोसी बचत तथा ऋण सहकारी संस्थाले २५ बर्ष पुरा गरी २६ बर्ष प्रबेश गर्दैको अबस्था सम्म आइपुग्दा ६०८६ जना सदस्यहरुलाई गोलबध्द गर्न सफल भएको छ ।
सहकारी संस्था स्वनियममा रहेर सञ्चालन हुने सस्ंथा हो , सदस्यहरुको इमान्दारिता र बिश्वासमा नै सहकारी फुल्ने र फल्ने भएकोले नै भनिन्छ “सहकारीको अपरिहार्यता , इमान्दारिता र पारदर्शीता” सञ्चालक होस या सदस्य सबैले इमान्दारिता र पारदर्शिताको नमुना प्रदर्शन गर्न जरुरी छ । एकका लागि सबै र सबैका लागि एक भन्ने मुल मुल मन्त्रलाई आत्मसाथ गर्न जरुरी छ । एक सदस्यले बचत गरेको रकम नै अर्को सदस्यहरुले ऋण लिने भएकोले ऋणीले समयमा नै किस्ता र ब्याज नबुझाउदा सदस्यहरुलाई नै समस्या पर्न जान्छ ।
बर्तमान समयमा राष्ट्रिय रुपमा नै सकारीमा समस्या देखिएको समाचार हामीले सुन्ने गरेका छौ , प्राय शहरी क्षेत्रमा सञ्चालनमा रहेका सहकारीहरुमा समस्या देखिएको छ । हाम्रो संस्था समुदायमा आधारित र सदस्य केन्द्रित भएर सञ्चालनमा भएकोले त्यस खालको समस्या नभएपनि सदस्यले लिएको ऋण सहि ठाउँमा लगानी नर्गनु र ऋण तिर्न ढिला सुस्ति हुनु समस्याको रुपमा रहेको छ । तोकिएको समयमा ऋण नतिर्दा कर्जा सुचना केन्द्रले कालोसुचिमा राख्ने मात्र नभै ऋण अशुली न्याधिकरणले चल अचल सम्पत्ति रोक्का राखी लिलाम गरी अशुलउपर गर्ने देखि सम्पत्ति समेत रोक्का गरी अशुल गर्न सक्ने नियम बनेकाले खराब ऋणीहरुलाई समस्या पर्ने देखिन्छ । आफुलाई आवश्यकता पर्दा लिएको ऋणको सावाँ ब्याज तोकिएको समयमा भुक्तान गर्नुको विकल्प छैन, अन्यथा कानुनी झन्झटमा परी सन्ततीले समेत दुख र बेइज्जत बेर्होनु पर्ने देखिन्छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन र सञ्चालन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन हुनु , कर्जा सुचना केन्द्रको स्थापना हुनु र ऋण अशुली न्याधिकरणको गठन हुनु सहकारी अभियानको सकारात्मक पक्ष हो । भाखा नाघेको खराब ऋणीहरुको धितो लिलामी प्रकृयाका्े सुरुवात भएको र न्याधिकरणमा मुद्धा दायर गर्न यसै बर्षबाट शुरु गरिने पनि यो सम्मानित सभामा जानकारी गराउन चाहन्छु । बिपन्न बर्गलाई बित्तिय साक्षरताको माध्यमबाट शिक्षा दिई उनीहरुको पहुच आर्थिक क्षेत्रमा गराई जीबन स्तर उकास्न यस संस्थाले अहम भुमिका खेल्दै आएको छ । सदस्यहरुलाई आर्थिक अनुशासनमा रहने उपायको खोजि गर्दै उनीहरुको श्रम र सीपलाई प्रयोग गरी ब्याबसायिक बनाउन आवश्यक पुँजीको ब्यबस्था गरी समृद्ध सदस्य बनाउने अभिष्ट पुरा गर्न यहाँहरुको साथ र सहयोगको अपरिहार्यता रहन्छ ।
यस संस्थाको बिशुद्ध उद्धेश्य नै सदस्यहरुको समस्याको समाधान गरी खुशी र सुखी समाज निर्माण गर्नु भएकोले आफुले लिएको ऋणको सदुपयोग र इमान्दारिताको पालनाले नै लक्ष्य हासिल गर्न सकिन्छ । समयमा ऋण नतिर्दा आफन्तले घृणा गर्ने ,हर्जाना बढ्दै जाने , सदस्यहरुको दृष्टिमा अपराधि , सस्थाको खराब ऋणी र कानुनी रुपमा आर्थिक कसुरदार ठहरिने भएकाले ऋणी सदस्य ज्यूहरुले सजग भई ऋण तिर्नुको बिकल्प छैन । हरेक मान्छेले आफ्नो भाग्य आफैँले कोर्ने हो , कर्मले नै भाग्य निर्धारण गर्ने हुँदा हामीले राम्रो कर्म (काम) गर्यौ भने समाज र राष्ट्रले नै सम्मान गर्नेछ , यदि हामीले खराब काम गर्यौ भने फटाहा ,ठगको उपनाम प्राप्त गर्नेछौ, तर्सथ हामीले बिशुद्ध उद्धेश्यले संस्थाको सदस्य बनौँ र उपयुक्त ब्याबसायमा लगानी गरी उद्धमी बनी समाजको प्रतिष्ठीत ब्यात्तिको नमुना प्रदर्शन गरौ । सहकारी भनेको सकेको बेलामा बचत गर्ने र अशक्त तथा बृद्ध अबस्थामा उपभोग गर्ने सदस्यको बचतलाई सुरक्षित गर्ने संस्था भएकोले बचतलाई खर्च नसम्झी भविष्यको सहारा सम्झौँ । हामिले बचत गर्न सके भोलिका सन्ततीको भविष्य उज्जवल हुनेछ , अन्यथा इतिहासले धिर्कानेछ । सहकारीमा सीमित साधन, स्रोत , सीप र पहुच भएका मानिसहरु हुन्छन । गरिबीको मारमा यिनै मानिस परेको हुन्छ । एक्ला एक्लै गर्न नसक्ने तर सहकारीमा आबद्ध भएर काम गर्न जान्नेले काम नजान्नेलाई , सक्नेले नसक्नेलाई , भएकाले नभएकालाई सहयोग गर्ने वातावरण बन्दै जान्छ । जसले गर्दा गरिबी निवारणमा सहयोग पुग्ने गर्छ । सहकारी एउटा सेवा मुलक ब्याबसायिक संस्था हो , यसमा पनि नाफा घाटा को कुरा आउँछ तर सहकारीले नाफा मात्रै खोज्नु हुदैन । सहकारी टिकाउन र सदस्यहरुलाई लगानीको आधारमा न्यूनतम प्रतिफल दिन सहकारीले नाफा कमानुपर्छ तर नाफा कमाउनु मात्र उद्धेश्य राख्नु हुदैन । सहकारी ले त सदस्यहरुको जिबनमा सकारात्मक परविर्तनको लागि काम गर्नुपर्छ । सदस्यहरुको आर्थिक , सामाजिक र सास्कृतिक उन्नतीका लागि हरतरह ले सघाउनुपर्छ । साथसाथै समाजमा सकारात्मक प्रभाव पार्ने खालको काम गर्नुपर्छ । सहकारीको कार्यक्रम सदस्यतिर र सदस्यको सहयोग सहकारी तिर फर्केको हुनुपर्छ । सदस्यले सहकारी संस्था मेरो हो , यसको सञ्चालन र सरंक्षण मैले गर्नुपर्छ भन्ने भावना सबै सदस्यमा हुनुपर्दछ , बनाउनुपर्दछ । यसो हुन सके सहकारी कहिल्यै जोखिममा पर्दैन र दीगो विकासको बलियो आधार तयार हुन्छ । संस्थाले सदस्यहरुको हितलाई मध्येनजर गरी ऋणको ब्याज २०८२ श्राबणबाट अधिकतम् ११.७५ प्रतिशत र न्यूनतम ८ प्रतिशत कायम गरिएको छ । त्यैसै गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड र निर्देशन बमोजिम बिना धितो ऋण बचतको आधारमा बढिमा ३ लाख सम्म मात्र लगानी गर्ने र सो भन्दा बढि ऋणको लागि धितोको ब्यबस्था गर्नुपर्ने नीतिलाई अवलम्बन गरिएको छ ।
सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन २०८१, राष्ट्रिय सहकारी नियमन प्राधिकरण ,सहकारी बिभाग , नेपाल राष्ट्र बैक, प्रदेश सहकारी रजिष्ट्रारको कार्यलयले जारी गरेको नियम, निर्देशन ,मापदण्डलाई कडाईको साथ पालना गर्दै जाने र संस्थालाई एक स्वस्थ, सक्षम, पारदर्शि र दिगो संस्थाको रुपमा बिकास गर्दै लैजाने नीति अवलम्बन गरिएको छ । संस्थाबाट ऋण लिई तिर्न आलटाल गर्ने ऋणीहरुलाई सहकारी शिक्षाको माध्यमबाट प्रशिक्षित गराईने छ र बर्तमान ऐन कानुनी ब्यबस्थाको जानाकारी गराउदा पनि ऋण नतिरे बाध्य भएर कानुनी उपचार खोजिने छ । कालो सुचिमा राख्ने देखि चल अचल सम्पत्ति लिलाम गर्ने सम्मको कार्य गरि असुल उपर गरिने छ । सहकारी संस्था आफ्ना सदस्यहरुको सहज रुपले वित्तिय समस्या समाधान गर्न सदस्यहरुलाई ब्याबसायि र समृद्ध बनाउन खोलिएको एक सेवा मुलक सख्या भएकोले सकंटको बेला यसलाई जोगाएर सन्ततीलाई हस्तान्तरण गर्ने , जन्मदेखी मृत्यू पर्यन्त सहयोगी भएकोले विशुद्ध मनले यसलाई फुलाउने र फलाउने तर्फ लाग्न म सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई अनुरोध गर्न चाहन्छु ।